बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

युएईले जनवरीदेखि इन्टरनेशनल टी-ट्वान्टी लिग आयोजना गर्ने

काठमाडौँ – युएईले आगामी वर्षको जनवरी ६ देखि फेब्रुअरी १२ सम्म पहिलो संस्करणको इन्टरनेशनल टी-ट्वान्टी लिग (आईएलटी-ट्वान्टी) गर्ने भएको छ । इमिरेट्स क्रिकेट बोर्डले सोमबार इन्टरेनशनल लिग जनवरी ६ देखि आयोजना गरिने जानकारी गराएको हो ।

लिगमा ६ टिमको सहभागिता रहेको लिगमा ३४ खेल हुनेछन् । सबै खेल युएईमै हुनेछन् । लिगमा विश्वभरीका उत्कृष्ट खेलाडीहरुलाई सहभागिता गराउने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार स्थानिय खेलाडीलाई प्राथमिकतामा राखिने समेत जनाएको छ ।