सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

वातावरण दिवसको  अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्‍याली

काठमाडौँ - विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” जस्ता नाराका साथ साइकल र्‍यालीको आयोजना गरी सम्पन्न गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरूलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरूको विषयमा सम्वोधन गरे पश्चात साइकल र्‍यालीको शुरुवात गरिएको थियो।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट सुरु भइ भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहीदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल र्‍यालीमा  बैंकका संस्थापक र सञ्चालक, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरू, विभागीय प्रमुखहरू तथा अन्य कर्मचारीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

 इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई कार्यालय आवाज जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साइकलको प्रयोग तथा हिँडेर कार्यालय आवत जावत तथा कार पुलिङ्ग गर्न उत्प्रेरित गरिरहेको यस बैंकले आयोजना गरेको यस साइकल र्‍याली मार्फत वातावरण संरक्षण तथा इन्धन (पेट्रोलियम पदार्थ) बचाउनका लागि विभिन्न विकल्पहरूको प्रयोग गर्न सन्देश दिन खोजिएको जानकारी गराइन्छ । 

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “सेफ फ्युल च्यालेन्ज” भन्ने नाराका साथ बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिंदै जाने व्यहोरा जानकारी गराइन्छ ।
समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँट्टा थप्ने उद्देश्यले “इन्धन बचाउ पृथ्वी बचाउ” “साइकल चलाउ इन्धन बचाउ” भन्ने नाराका साथ वातावरण दिवसका दिन आयोजना गरिएको यस साइकल र्‍यालीमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साह पूर्वक सहभागिता रहेको थियो ।  

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट