एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

काठमाडौँ : बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीले काठमाडौँको ठमेलबाट चिनियाँ नागरिक २९ वर्षीय वाङ सिओल ओङलाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-२७ ज्याठास्थितमा मेगा बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दै गर्दा मंगलबार साँझ पक्राउ परेका उनलाई आज सार्वजनिक गरिएको परिसरले एक सूचना जारी गरी जनाएको छ ।
यहाँको एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरी जनाएको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया