साहित्यकार वर्षाको ‘अन्ततः यन्त्रणा’ उपन्यास लोकार्पण

काठमाडौँ- कवि तथा साहित्यकार सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ एक भव्य कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भयो । नेपाली काँग्रेसका महामन्त्री तथा साहित्यकार कवि, विश्वप्रकाश शर्माको प्रमुख अतिथ्यमा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकार भुवन दुङ्गाना, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, लेखक सुमन वर्षा र शिखा प्रकाशनका प्रबन्द निर्देशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।
लोकार्पित पुस्तक अन्ततः यन्त्रणा माथि समीक्षा गर्दै समालोचन महेश पौडेलले पुस्तकमार्फत सुमन वर्षाले धेरै प्रश्न राखेकी छन् । पुस्तक वर्तमान नारीको समवेदनाप्रति केन्द्रित रहेको धारणा राखे । छोरा र छोरी जन्मिनु प्राकृतिक कुरा हो । यसमा नारीको मात्र होइन पुरुष पनि उत्तिकै जिम्मेवार छ ।
विभेदलाई विषय बनाउनु हुन्न त्यसैगरी अर्का समिक्षक अनुपमा रेग्मीले उपन्यास हाम्रो घरको गाउँको कथा जसमा महिलाले महिलाको सामाजिक अवस्थाको सुन्दर वर्णन उपन्यास रहेकोले सबैलाई पढन सिफारिस गर्दछु भन्ने विचार राख्दै वरिष्ठ साहित्यकार भुवन ढुङ्गानाले नारी विषयमा समेटिएको यस उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेका र महत्वपूर्ण विषयवस्तुको उठान गरिउकोले खुसी लागेको बताउनु भयो ।
प्रमुख अतिथी शर्माले राजनीतिका भन्दा साहित्य निकै माथि रहेको र समाज रुपान्तरमा साहित्यले ठूलो टेवा दिने बताए । ऋषभदेव घिमिरेले संचालन गरेको उक्त कार्यक्रम शिखा बुक्सले आयोजना गरेको हो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया