मेयर बालेन्द्रले सार्वजनिक गरे शौचालय प्रयोग गर्न दिने होटल र रेष्टुरेण्टमा प्रयोग हुने लोगो

काठमाडौँ- सार्वजनिक शौचालय प्रयोग गर्न दिने होटल, रेष्टुरेण्ट तथा बैंकका लागि काठमाडौँ महानगरले लोगो सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयमा प्रयोगले आफ्नो कार्यकक्षमा बसेको फोटोसहित उक्त लोगो सार्वजनिक गरेका हुन् ।
महानगरको मेयर शाहसहितको बैठकले गत जेठ १६ गते वडाध्यक्षसहितको पहिलो सार्वजनिक शौचालयका लागि होटल र रेष्टुरेण्ट प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।
त्यस्तै महानगरपालिकाले सात दिनभित्रमा सार्वजनिक शौचालय प्रयोग गर्न दिने सरोकारवाला निकायलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। pic.twitter.com/xXBYn8rZx8
— Balen Shah (@ShahBalen) June 6, 2022

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया