इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन

कायरो : इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटक मुलुकको प्रधानमन्त्री हुनुभएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।
लामो समयदेखि बिरामी भएर उपचार गराइरहनु भएका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको हो । उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरेका छन् । आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा उनले पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरण गरेका छन् ।
“उहाँमा स्पष्ट दृष्टीकोण थियो, उहाँ सफल नेता हुनुहुन्छ भने उहाँमा नेतृत्व गर्ने विषेश क्षमता पनि थियो,” राष्ट्रपति सिसिले शोक वक्तव्यमा उल्लेख गरेका छन् । उनले इजिप्टको राजनीतिक तथा आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको पनि राष्ट्रपति सिसिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । दोस्रो पटक भने सन् २०११ मा उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया