आर्थिक अभावमा ७ वर्षदेखि खोरमा थुनिएका शिवराजको यसरी भयो उद्धार

उदयपुर- उपचार खर्च जुटाउन नसकेर ७ वर्षदेखि खोरमा थुनिएका उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्ते माडिबासका ३७ वर्षीय शिवराज विश्वकर्माको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्धार गरि सोमबार उपचारका लागि पठाएका छन् । मानसिक समस्यामा रहेका उनी ७ वर्षदेखि खोरमा थुनिएका थिए र यसबारे समाचार समाचार सार्वजनिक भएको थियो ।
बस्न असज हुने खोर जस्तो स्थानमा अमानवीय रुपमा उनलाई परिवारका सदस्यले बाँधेर राखेका थिए ।
उनलाई नगर प्रमुख कालुमान लामाले घरमै पुगेर सम्पूर्ण उपचार खर्च नगरपालिकाले ब्यहोर्ने गरि नगरपालिकाको एम्बुलेन्समा उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाएका छन् ।
विश्वकर्माको उपचारमा लाग्ने सम्र्पूण खर्च नगरपालिकाले ब्यहोर्ने र उपचारमा जाने कुरुवा समेतको खर्च नगरपालिकाले ब्यहोर्ने लामाले बताए ।
बिभिन्न रोगले ग्रसित बिपन्न परिवारका सदस्यहरुलाई नगरपालिकाले निःशुल्क उपचारको ब्यवस्था मिलाउने नगर प्रमुख लामाले बताए । उद्धारका लागि दुई जना नगर प्रहरी, स्वास्थ्यकर्मी सहितको टोलीले विश्वकर्मालाई खोरबाट निकालेर नुवाईधुवाइ र सरसफाइ गरि एम्बुलेन्समा कोशी अस्पताल विराटनगर पठाएको थियो ।
उनीसँगै नगरपालिकाका दुई जना नगर प्रहरी र कुरुवाका लागि भाइ अर्जुन विश्वकर्मा साथै गएका छन् ।
खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा फुकालेर हिँड्ने गरेपछि बाध्यता बस त्यहाँ राख्नु परेको परिवारका सदस्यको भनाइ थियो । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेट्ने लगायतको काम गर्थे ।
घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिन देखि चार फिट लग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको थियो । कमाएर ल्याउने छोराको मानसिक सन्तुलन गुमेपछि परिवारमा बिहान बेलुकाको छान टार्नसमेत समस्या परेको उनकी आमा सुमित्रा बिकले बताइन् ।
काठमाडौँमा काम गरेर परिवारलाई समेत भरथेग गरिरहेका उनी २०७२ को भूकम्पछि सम्पर्कविहीन भएका थिए । केही पछि उनलाई चितवनको नारायणी नदी किनाराबाट उद्धार गरिएको थियो । पाटन लगायका अस्पतालमा उपचारपछि औषधि सेवन गरिरहेका विश्वकर्मालाई आर्थिक अभावमा औषधि खान समस्या परेको थियो । नियमित औषधि खान नपाएपछि उनको अवस्था बिग्रिएको थियो ।

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया