सात फोटोमा हेर्नुहोस पानी परेको साँझको काठमाडौँ (फोटो फिचर)

काठमाडौँ : वायु प्रदूषणले उकुसमुकुस भएका बेला काठमाडौँ उपत्यकामा पानी परेको छ । बुधबार साँझ उपत्यकामा पनि पानी परेको हो । पानी परेपछि प्रदूषणले अवस्था असामान्य भएको काठमाडौँ केही शिथिल देखिएको छ ।
मौसमविदले हल्का पानी पर्ने सम्भावना रहेको बताएपनि उपत्यकामा भने केही समयसम्म झमझम पानी पर्यो । पानी परेपछि आफ्नो गन्तव्यमा हिडेका केही यात्री भिजे । केही भने छाता ओढेर आफ्नो गन्तव्यमा लागे ।
सिमसिम पानीमा कोही भिज्दै, फोनमा कुरा गर्दै घर फर्किदै थिए । अचानक पानी परेपछि सर्वसाधारणलाई घरसम्म जान केही मुश्किल पनि भयो । तर हप्ता दिनदेखि प्रदूषणका कारण श्वास फेर्न गाह्रो भएका काठमाडौँबासीलाई भने यो पानीले थोरै भएपनि राहत दिएको छ ।
पानी परेपछि वायु प्रदुषणले ढाकेको उपत्यकाको मौसम बिहीबारदेखि खुल्ने अनुमान गरिएको छ । यद्यपी वनमा लागेको डढेलो नियन्त्रणमा आईनसकेकाले प्रदूषण फेरि बढ्न सक्ने मौसमविदको अनुमान छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया