बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

करेन्ट लागेर महिलाको मृत्यु

फाइल फोटो

सप्तरी - सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौनामा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।