भारतले कोभिसिल्ड जतिसक्यो छिटो उपलब्ध गराउने

काठमाडौँ : छिमेकी भारतले कोभिड-१९ विरुद्धको भ्याक्सिन कोभिसिल्ड जतिसक्दो छिटो नेपाललाई उपलब्ध गराउने भएको छ । नेपालले भारतबाट खरिद गर्ने भनेको २० लाख डोज मध्ये १० लाख डोज आइनपुग्दा पहिलो डोज लगाएकाले दोस्रो डोजमा ढिलाइ हुने अवस्था आइसकेको छ ।
भारतमा नै कोभिड संक्रमण बढ्दै गएपछि भ्याक्सिन निर्यातमा ढिलाइ भइरहे पनि बीचमा भारतले नेपाललाई दोस्रो डोज लगाउन उपलब्ध गराउने बताएको छ । सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरिरहेको अस्ट्राजेनेका भ्याक्सिन (कोभिसिल्ड) को निर्यात केही समय रोकिने भनिए पनि भारतले सकभर सबै तिर भ्याक्सिन पठाएको बताएको छ ।
भारतले सबै तिर भ्याक्सिन पुर्याउन परेपछि केही ढिलाइ भएको अनौपचारिक रूपमा स्विकारे पनि छिमेकमा असर नपार्ने गरी उपलब्ध गराएको दाबी भारतीय अधिकारीहरूको छ । भारतीय दूतावासका प्रवक्ता नविन कुमारले नेपाललाई उपलब्ध गराउने खोप छिट्टै आउने बताए । भारतले दुई दिन अघिमात्र नेपाली सेनालाई एक लाख डोज खोप उपलब्ध गराएको छ ।
हुनत भारत स्वयंले शुक्रबारदेखि ४५ वर्षभन्दा माथिकालाई भ्याक्सिन दिने तयारी गरेको छ । भारतमा नै अत्याधिक भ्याक्सिन चाहिने भए पनि उसले नेपाललाई खोप समयमा नै उपलब्ध गराउने भएको हो । पहिलो चरणको खोप अभियान पूरा गरेको नेपाललाई दोस्रो डोजको खोपका लागि भारतकै खोप आवश्यक पर्छ ।
चीनबाट पनि आठ लाख डोज खोप आएको छ । त्यो खोप कोभिसिल्ड लगाएकालाई लगाउन मिल्दैन । पहिलो डोज लिएका नेपालीहरू दोस्रो डोजको पर्खाइमा छन् ।
हुन पनि अहिलेसम्म नेपालमा कोभिसिल्डबाहेक अन्य भ्याक्सिनको प्रयोग भएको छैन । हालसम्म भारतले अनुदानमा दिएको १० लाख डोज, नेपालले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज र कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको ३ लाख ४८ हजार डोज भ्याक्सिन प्रयोग भएको छ ।
अब, भारतले पठाउने १० लाख डोज पुरानालाई दोस्रो सट लगाउने र चीनले पठाएको ८ लाख डोज नयाँलाई लगाउने गरी प्रक्रिया अघि बढाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया