बार्सिलोनाले विवाहका लागि नोउ क्याम्पलाई भाडामा दिने
काठमाडौँ – स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्नो मैदान नोउ क्याम्पलाई विवाहका लागि भाडामा दिने भएको छ । उसले विवाहका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराएको छ ।
सबैभन्दा सस्तो विकल्प 'फाउन्डेशन लाउन्ज' हो जसका लागि १ हजार ६ सय युरो तिर्नुपर्ने हुन्छ । जसमा २५ देखि ५० व्यक्तिमात्र उपस्थित हुन पाउनेछन् । सबैभन्दा महंगो भने ‘ग्राण्डस्ट्यान्ड हल’ हो जसका लागि १३ हजार ५ सय युरो तिर्नुपर्नेछ । यसमा ३ सय देखि १ हजार मानिस उपस्थित हुन सक्छन् ।
अर्को विकल्प भनेको नोउ क्याम्पको टेरेस हो जसका लागि ६ हजार देखि ७ हजार युरो सम्म तिर्नुपर्ने हुन्छ । ग्राहकले आफूले छनोट गरेको स्थान ६ घण्टासम्म प्रयोग गर्न सक्छन् ।
बार्सिलोना गहिरो आर्थिक संकटमा फसेका कारण उसले आयआर्जनका लागि मैदान भाडामा दिन लागेको हो ।
विवाहबाहेक बार्सिलोनाले जुन ६ देखि ११ सम्म मैदानमा फुटबल खेल्नका लागि समेत अनुमति दिने भएको छ जसमा लागि एक घण्टाका लागि प्रत्येक खेलाडीले ३ सय युरो तिर्नुपर्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया