आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

कैलाली उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल भिड्दै

कैलाली - जेठ २८ गते हुन गैरहेको कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज मनोनयन दर्ता भएका छ ।

कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

पुष्पराज कुँवर प्यानलमा

अध्यक्ष - पुष्पराज कुँवर

वरिष्ठ उपाध्यक्ष - पुष्कर राज ओझा

एसोसिएट उपाध्यक्ष - मनोज अग्रवाल

उद्योग उपाध्यक्ष - दिनेश लम्साल

बाणिज्य उपाध्यक्ष - गगनराज केसी

वस्तुगत उपाध्यक्ष - लक्ष्मण पन्त

महासचिव - ओम बिष्ट कोषाध्यक्ष - भिष्मराज ओझा (अबु)

सचिव - सुरेश पाण्डेय सुरेन्द्र

राठी प्यानलमा

अध्यक्ष - सुरेन्द्र राठी

वरिष्ठ उपाध्यक्ष - हरिशंकर ठाकुर

एसोसिएट उपाध्यक्ष - प्रकाशचन्द्र भट्ट

उद्योग उपाध्यक्ष - घनश्याम चौधरी

बाणिज्य उपाध्यक्ष - केशव जोशी

वस्तुगत उपाध्यक्ष - केशव पाण्डेय

महासचिव - सिद्धराज पनेरू

कोषाध्यक्ष - रंजन शर्मा

सचिव - महेन्द्रबहादुर सिंह