सहिद तथा द्वन्द्व पीडित परिवार : छात्रवृत्ति पाउन के-के कागजात चाहिन्छ ?

काठमाडौँ- विश्वविद्यालय अनुदान आयोगले सहिद तथा द्वन्द्व पीडित परिवारका उच्च शिक्षा अध्ययन गर्ने सन्तानलाई छात्रवृत्ति दिने भएको छ ।
जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा मृत्यु भएका सहिद, द्वन्द्व आश्रितका छोराछोरी, द्वन्द्वका कारण अपांग भइ शारीरिक रुपले अशक्त र वेपत्ता परिवारका छोराछोरीलाई छात्रवृत्ति दिने भएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा छात्रवृत्ति दिने कार्यक्रम भएकाले विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्ति निर्देशिका २०७६ बमोजिम स्नातक तह प्रथम वर्ष र सेमेष्ट प्रणालीमा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउने भएको हो ।
इच्छुक विद्यार्थीले आयोगको वेभसाइटमा राखिएको निर्देशिकाको अनुसूची १ अनुसारको ढाँचामा निवेदन फारम भरी आवश्यक कागजातसहित असार १४ गतेसम्म पेश गरिसक्नुपर्ने छ ।
त्यस्तै आयोगले आवश्यक कागजात अध्ययन गर्दा केही अस्पष्ट भएमा जानकारीसहित आवश्यक कागजात असार ३० गते ५ बजेसम्म पठाउनुपर्ने छ ।
विद्यार्थीले के-के पेश गर्नुपर्छ :
- छात्रवृत्ति पाउने विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- वि. स २०५२ फागुन १ गतेदेखि मिति २०६३ मङ्सिर ५ गतेसम्मका सहिद तथा द्वन्द्व पीडित भएका नेपाल सरकारले वा सरकारको निकायले प्रमाणित गरेको प्रमाणपत्र ।
- सहिद परिवारका लागि नेपाल सरकारले सहिद घोषणा गरेको प्रमाणपत्र
- सहिद, मृत्यु, वेपत्ता, अपाङ्ग भएबापत जिल्ला प्रशासन कार्यालयबाट राहत तथा क्षतिपुर्ति प्राप्त गरेको प्रमाणपत्र
- अपांग, अङ्गभङ्ग आश्रित परिवारको हकमा द्वन्द्वको क्रममा न्यूनतम पचास प्रतिशत अपाङ्ग वा अङ्गभङ्ग भएको प्रमाणपत्र
- सरकारी सेवामा बहाल नरहेको र राज्यकोषबाट तलब सुविधा प्राप्त गर्ने व्यक्तिको छोराछोरी नभएको प्रमाण
- सम्बन्धित उच्च शिक्षामा भर्ना भएको प्रमाण
- अभिभावकसँगको नाता प्रमाणित
- १०+२ पास गरेको सर्टिफिकेट वा ट्रान्सकिप्ट
-विद्यार्थीको डिजिटल खाता विवरण
-अध्ययनरत शिक्षण संस्थाको सिफारिश पत्र
- छात्रवृत्ति प्राप्त गर्न तोकिएको अन्तिम मितिसम्म ३० वर्ष ननाघेको हुनुपर्छ

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया