किशोरीको दशगजा क्षेत्रबाट उद्धार

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ । दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको हो ।
किशोरीलाई भारततर्फ लग्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट झुक्याएर भारत लान लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताए । रासस
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया