यी हुन् गर्मीमा चुकन्दर खानुको फाइदा

काठमाडाैँ : बिटरुट अर्थात् चुकन्दर । गर्मीको मौसममा चुकन्दर खानाले थुप्रै फाइदा दिन्छ । गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी थुप्रै समस्यालाई टाढा राख्नुका साथै छालालाई कोमल बनाउन समेत यसले फाइदा पुर्याउँछ । यदि कसैको शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवन गर्नाले फाइदा पुर्याउँछ ।
यसमा उच्च पौष्टिक तत्व र पानी प्रशस्तै हुन्छ । साथै यसमा फ्याटको लेभल शून्य हुने भएकोले यसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । गर्मीको समयमा चुकन्दर खानुको फाइदा यसप्रकार छन् :
भरपुर पोषण
यदि तपाईंको रगतमा हेमोग्लोबिनको मात्रा कम छ भने डाक्टरले पक्कै पनि खानामा चुकन्दर सेवन गर्ने सल्लाह दिएको हुनुपर्छ । चुकन्दरमा लगभग हरप्रकारको भिटामिन र मिनरल पाइन्छ, जुन हाम्रो शरीरको लागि आवश्यक हुन्छ । यो पोटासियम र फोलेटको पनि राम्रो स्रोत हो । यसमा पाइने नाइट्रेट हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।
मुटुसम्बन्धी रोगका लागि राम्रो
चुकन्दरको जुस नियमित रूपमा सेवन गर्नाले कार्डियोभास्कुलर रोगहरू वा मुटुसँग जोडिएका रोगहरूको खतरा कम हुन्छ । यसमा नाइट्रेट हुन्छ । र नाइट्रेट पछि नाइट्रेट अक्साइडमा परिवर्तन भएपछि रक्त प्रवाहलाई नियमित गर्न मद्दत गर्छ । जसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ भने हृदयघात र स्ट्रोकको खतरा पनि कम गर्छ ।
मस्तिष्कको सुरक्षा
चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस गर्न सजिलो बनाउँछ । यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्छ ।
एन्टी क्यान्सर
चुकन्दरमा पाइने एन्टीअक्सिडेन्टले शरीरमा अस्थिर कोषहरूलाई खोजेर नष्ट गर्ने काम गर्छ । साथे केही अनुसन्धानले चुकन्दरको एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी प्रोपर्टी र न्युट्रिसनल कन्टेन्टले क्यान्सरको उपचारमा मद्दत गर्छ ।
कलेजो र पेटेको सफाइ
चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेटको सफाइ हुन्छ । यसले डिटक्सीफायरको काम गर्छ । यसमा हुने एन्टीअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकालने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न सक्छ । यसले कब्जियत भएका बेला पनि राहत पुर्याएर पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
वर्क आउट ड्रिंक
चुकन्दरले शरीरमा रक्तचाप र अक्सिजनको स्तर बढाउनुका साथै यसको जुसले सक्रिय र उर्जावान महशुस गराउँछ । यसैले यसलाई प्रि-वर्कआउट ड्रिंक पनि मानिन्छ । यसले मांशपेशीमा हुने दबाब भन्दा पहिले अक्सिजनको प्रवाह गरिदिन्छ ।
तौल सन्तुलन
चुकन्दरमा पोषण तत्व अत्याधिक हुन्छ भने कुनै प्रकारको क्यालोरी हुँदैन । त्यसैले मानिसलाई शरीरको तौल सन्तुलन गर्न पनि मद्दत गर्छ । शरीरमा हुने क्यालोरीको अतिरिक्त मात्रा नबढ्ने भएकोले मानिसको तौल सन्तुलन हुन्छ ।
तस्बिरहरू : अनप्लास डटकम

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया