धनगढीमा रुखबाट लडेर बालकको मृत्यु

कैलाली - धनगढी उपमहानगरपालिका–७ देवरिया सामुदायिक वनमा रुखबाट लडेर एक जना बालकको आज मृत्यु भएको छ ।
सामुदायिक वनमा वनफल (कुसुम) टिप्न रुख चढेका सोही ठाउँका श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिए ।
रुखबाट लडेर घाइते भएका चौधरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।
यस्तै मृतक चौधरीसँगै लडेर घाइते भएका १८ वर्षीय भाष्कर जोशीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया