पिताको मृत्युपछि खेल्न छाडेका कार्लोसले सन्यास लिए

काठमाडौँ – आफ्ना पिताको मृत्युपछि अर्जेन्टिनाका फुटबलर कार्लोस टेभेजले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । एक सञ्चारमाध्यमलाई अन्तर्वार्ताका क्रममा टेभेजले सन्यास घोषणा गरेको स्काइस्पोर्टसले जनाएको छ ।
टेभेजले सन् २००६ देखि २०१३ सम्म इंग्लिस प्रिमियर क्लबहरु वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीका लागि खेलेका थिए । उनी पछिल्लो समय अर्जेन्टिनाकै बोका जुनियर्सका लागि खेलेका थिए ।
टेभेजले सन् २०२१ को सुरुवातमै पितालाई गुमाएपछि खेल्ने प्रस्ताव आएपनि खेल्न छाडेका थिए । उनले आफ्ना एक नम्बरका समर्थक गुमाएका कारण खेल्न छाडेको बताए ।
उनले अर्जेन्टिनाका लागि ७६ खेल खेल्दै १३ गोल गरेका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया