त्रिमूर्ति निकेतन पुरस्कार विनोदी, शर्मा र साकारलाई
काठमाडौँ - त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल पुरस्कार गोविन्दराज विनोदीलाई प्रदान गरेको छ ।
त्रिमूर्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली भाषा साहित्यमा समर्पित विनोदीलाई लेखनाथ पौड्याल पुरस्कार प्रदान गरेको हो । त्यस्तै कार्यक्रममा बालकृष्ण सम पुरस्कार मिथिला शर्मालाइ र शैलेन्द्र साकारलाई देवकोटा काव्य पुरस्कार प्रदान गरियो ।
तीनै पुरस्कारको राशि रु १ लाख रुपैयाँ रहेको छ । त्यसैगरी २५ हजार रुपैयाँ राशिको ‘भद्र घले पदक’ तारानाथ दाहाल र प्रा डा उषा ठाकुरलाई प्रदान गरिएको थियो । त्यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीको उचाई अभिवृद्धिका लागि समर्पित भएको भन्दै ५८ जनालाई सत्यमोहन जोशी शताब्दी पदक प्रदान गरिएको छ ।
कार्यक्रममा महासमालोचक प्रा डा वासुदेव त्रिपाठीले त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरेका थिए । सत्यमोहन जोशी शताब्दी पदक यसअघि २ सय २६ जनाले पाइसकेका छन् । नेपाली भाषा साहित्यका विभूतित्रय कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित त्रिमूर्ति निकेतन स्थापना गरिएको थियो ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया