ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन

काठमाडौँ - ज्योति विकास बैंकले जेठ १९ गते बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउण्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउण्टरको औपचारिक सुरुवात गरेको हो।
विदुर नगरपालिका-९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउण्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर श्री राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए। उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहक तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउण्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यू आर, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरो सेयर रजिस्ट्रेसन, नि:शुल्क डेबिड कार्ड, नि:शुल्क मोबाइल बैंकिङ सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ्ग सेवा , सबै मुद्दती निक्षेपमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ। हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया