विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा गठबन्धन पराजित

विराटनगर । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा मेयर पद जितेको नेपाली कांग्रेस र उसैसँग गठबन्धन गरेको जसपा–राप्रपाका उम्मेदवार पराजित भएका छन् ।
कार्यपालिकामा नेकपा एमाले–स्वतन्त्र गठबन्धनबाट आठै जना सदस्य निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगर कार्यपालिकाको महिला सदस्यमा नेकपा एमालेकी कमला श्रेष्ठले ५४, खुश्वु विश्वकर्माले ५२, तारा कुमारी रायले ५३, सम्तली देवी विश्वासले ५५ र सरिता घिमिरे (नेपाल) ले ५३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यसैगरी दलित तथा अल्पसंख्यक तर्फ भने स्वतन्त्रका ओमप्रकाश कुमार साहले ५५, सन्जीवकुमार साहले ५२ र एमालेका दिपक कुमार कर्णले ५३ मत प्राप्त गरी विजयी भएका हुन् । विराटनगर महानगरपालिकामा कुल ४३ सिट मात्रै रहेको एमालेले सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कार्यपालिकामा भने बहुमत कायम गरेको छ ।
२९ सदस्यीय कार्यपालिकामा एमालेबाट एक उपमेयर र ९ वडाध्यक्ष मात्रै निर्वाचित थिए । शनिबार सम्पन्न निर्वाचनबाट थप ६ सदस्य जित्दै कार्यपालिकामा एक्लै १६ सदस्यको बहुमत पुर्याएको हो । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर र ६ वडाध्यक्षसहित ४० जना नगर सभा सदस्य जितेको छ ।
जनता समाजवादीले दुई वडाध्यक्षसहित १० जना, स्वतन्त्रले एक वडाध्यक्षसहित ३ र राप्रपाका १ वडाध्यक्ष निर्वाचित भएका थिए । नगर कार्यपालिका निर्वाचनमा कांग्रेस–जसपा–राप्रपा गरी ५१ जनाको बहुमत देखाइएकोले सोही गठबन्धनबाट कार्यपालिका सदस्यहरु निर्वाचित हुने अनुमान थियो ।
तर सत्ता गठबन्धनभित्रैबाट फ्लोर क्रस भएपछि ४६ मतमा सिमित रहेको एमाले–स्वतन्त्र गठबन्धनका सवै उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । ४६ मत मात्रै भएको एमाले–स्वतन्त्र गठबन्धनका सवै उम्मेदवारले ५२ मत कटाउँदै अधिकतम् ५५ मतसम्म प्राप्त गरेका छन् । कांग्रेस–जसपा गठबन्धन पराजित भएसँगै विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा मेयर नागेश कोइराला अल्पमतमा देखिएका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया