नेपालले तिब्बती शरणार्थीको धार्मिक अधिकार हनन गरेको अमेरिकी आरोप (प्रतिवेदन सहित)

काठमाडौँ– अमेरिकी विदेश मन्त्रालयको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले नेपालले तिब्बती शरणार्थीको धार्मिक अधिकार हनन गरेको उल्लेख गरेको छ । हालै सार्वजनिक ‘इन्टरनेशनल रिलिजियस फ्रिडम रिपोर्ट, २०२१’मा तिब्बती समुदायका नेताले नेपाल सरकारले विगतमा बुद्ध धर्मसँग सम्बन्धित प्रमुख बिदाहरू र समारोहमा विदा दिने गरेको तर धर्मगुरु दलाई लामाको जन्मदिन सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध गरेको उल्लेख छ ।
सन् २०२१ मा तिब्बतीहरूमाथि प्रहरीको निगरानी अत्याधिक बढाइएको र तिब्बती सांस्कृतिक र धार्मिक समारोहमा पनि अनुगमन बढाइएको उल्लेख छ । धार्मिक संस्थाहरूले कोभिड–१९ महामारीसँग सम्बन्धित आवागमन लगायतका प्रतिबन्ध पनि न्यायोचित ढंगले लागू नभएको र हिन्दूहरूप्रति लचक भएको उल्लेख गरेको भन्दै प्रतिवेदनमा समावेश गरिएको छ ।
त्यस्तै, क्रिस्चियन धार्मिक अगुवाहरूले हिन्दू राष्ट्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टीले क्रिश्चियन विरोधी भावना फैलाएको र हिन्दू राज्य पुनःस्थापनाको माग गरेको उल्लेख गरिएको छ । क्रिश्चियन समूहहरूले नेपालमा गैर सरकारी संस्था (एनजीओ) र धर्मसँग सम्बन्धित धेरै संस्थाहरूले संस्था दर्ता र नवीकरणमा समस्या भोगिरहेको बारे बताएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा नेपाल ‘धर्म निरपेक्ष राष्ट्र’ भएकाले हरेक व्यक्तिले आफ्नो धर्म मान्न पाउने अधिकार प्रदान गरेको छ । संविधानले कोही पनि व्यक्तिलाई सार्वजनिक संचरनामा खलल पुग्नेगरी जबर्दस्ती वा प्रलोभनमा धर्म परिवर्तन गर्न नपाउने भनेपनि प्रहरीले छलफलका लागि भन्दै गत सेप्टेम्बर महिनामा चार जना क्रिस्चियनलाई पक्राउ गरेको थियो । उनीहरूलाई नोभेम्बर १८ सम्म हिरासतमा र त्यसपछि तारेखमा रिहा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
धार्मिक प्रवचक क्रिश्चियन अभियान्ताहरूमध्ये ६ जना (२ अमेरिकी नागरिकसहित)को मुद्दा सन् २०२० देखि अझै जारी रहेको अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनले जनाएको छ । सरकारले धार्मिक प्रवचनमा सक्रिय एक युक्रेनी र दुई दक्षिण कोरियाली परिवारलाई फिर्ता (डिपोट) गरेको नागरिक समाजका प्रतिनिधिलाई उल्लेख गर्दै प्रतिवेदनमा जनाइएको छ ।
सरकारले धर्म परिवर्तन गराउने अभिप्राय राखेको आरोपमा मुद्दा चलाउने संवैधानिक र अपराध संहिता आफैंमा अस्पष्ट र विरोधाभासपूर्ण रहेको भन्दै प्रतिवेदनमा कसैले सामान्य ढंगले धर्म अपनाउँदा पनि कारबाही हुने गरेको बताएको छ ।
नेपालमा हिन्दू राष्ट्रवादी समूह सक्रिय भएकोको प्रति प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ ।
गत महिना नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री एवं अमेरिकी सरकारका तर्फबाट तिब्बती मामिला विशेष संयोजक उजरा जेयाले नेपालको भ्रमण गरेर फर्केलगत्तै अमेरिकी विदेश मन्त्रालयबाट यस खालको प्रतिवेदन बाहिर आएको छ ।
यो पनि पढ्नुहोस् :
तिब्बती क्याम्पमा अमेरिकी उपविदेशमन्त्री
दलाई लामाको जन्मदिन समेत मनाउन नपाएका तिब्बतीले गतिविधि गर्न पाउलान् ?

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया