फ्रान्स पराजित, नेदरल्यान्ड्स विजयी
काठमाडौँ – नेशन्स लिग अन्तर्गत डेनमार्कले फ्रान्सलाई स्तब्ध पारेको छ । स्टेड डी फ्रान्समा भएको खेलमा डेनमार्कले फ्रान्सलाई २-१ ले पराजित गरेको हो ।
डेनमार्कको जितमा दुबै गोल एन्ड्रीयास कोर्नेलियसले गरे । फ्रान्सका लागि एकमात्र गोल करिम बेन्जेमाले गरे । खेलको ५१ औँ मिनेटमा बेन्जेमाले फ्रान्सलाई अग्रता दिलाएका थिए । तर कोर्नेलियसले ६८ औँ र ८८ औँ मिनेटमा गोल गर्दै डेनमार्कलाई जित दिलाए ।
अन्य खेलहरुमा नेदरल्यान्ड्सले बेल्जियमलाई ४-१, मोल्डोभाले लिचेस्टाइनलाई २ -०, स्लोभाकियाले बेलारुसलाई १-०, अष्ट्रियाले क्रोएसियालाई ३-०, लाट्भियाले एन्डोरालाई ३-० तथा कजाखस्तानले अजरबैजानलाई २-० ले पराजित गर्यो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया