'पदीय जिम्मेवारी पूरा नगर्ने' एक प्रहरी इन्सपेक्टरलाई सेवाबाट हटाइँदै

काठमाडौं– गृह मन्त्रालयले ‘पदीय जिम्मेवारी पूरा नगरी लापरबाही गरेको अभियोग’मा एक प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) लाई सेवाबाट हटाउने भएको छ ।
मन्त्रालयले प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘विभागीय कारबाही गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण पेश गर्नू ।’
कुर्मी पर्सा कालिकामाई गाउँपालिका–५का बासिन्दा हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको दरबन्दीमा थिए ।
प्रहरी निरीक्षक कुर्मीले पदीय जिम्मेवारी पूरा नगरेको हुँदा प्रहरी नियमावलीअनुरुप गृहमन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया