आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

बाेलेराे दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्‍मक तस्‍बिर ।

मकवानपुर । मकवानपुरको हेटौंडामा बाेलेराे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- ३ तिनताप्केमा कुखुरा बोक्ने बोलेरो  दुर्घटना हुँदा हेटौंडा ६ चौघडाका गोपाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज हेटौंडा ३ तिनताप्केबाट हेटौंडाबजार तर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको गाडी तिनताप्के नजिक अनियन्त्रित भई आफै दुर्घटना भएको थियो । दुर्घटनामा परेर उक्त गाडीमा सवार ३३ वर्षीय दाहालको मृत्यु भएको हो। बोलेरोका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।