मलको अभाव भएको भन्दै किसानद्वारा विरोध प्रदर्शन

काठमाडाैँ – खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरुले विरोध प्रदर्शन गरेका छन् । रासायनिक मलको व्यवस्था तुरुन्त गर्नुपर्ने भन्दै किसानहरुले कृषिमा प्रयोग हुने सामाग्री र धानको बिउसहित प्रदर्शन गरेका हुन् ।
रासायनिक मल तुरुन्त उपलब्ध गराउन सरकारलाई दबाब दिन भन्दै नेपाल क्रान्तिकारी किसान संघको अगुवाइमा काठमाडौंमा शान्तिबाटिकामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले किसानले मल कहिले पाउने, नेपालमै मल कारखाना स्थापना गर, रासायनिक मलको व्यवस्था गर, मूल्यवृद्धि फिर्ता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीहरुले मलको अभावमा खेतीपातीमा समस्या भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले असार आउन लाग्दा पनि सहज रुपमा मल पाउन नसकेको गुनासो गरेका छन् ।
त्यस्तै उनीहरुले बिउबिजनको व्यवस्था गर्न पनि सरकारसँग माग राखेका छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया