क्लासिक टेकका ग्राहक र कर्मचारीलाई नेशनल अस्पतालमा २०% छुट

काठमाडौँः नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबिच क्लासिक टेकका ग्राहकहरुलाई सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौतापछि क्लासिक टेककका कर्मचारीहरु र ग्राहकहरुलाई नेशनल अस्पताल कलंकीमा गरिने औषधी उपचारमा १५ देखि २० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ । यसमा मेडिकल, ल्याप परीक्षणहरु, तथा अस्पतालको बिरामी बेडको शुल्कमा ग्राहकहरु तथा कर्मचारीहरुले छुट प्राप्त गर्ने क्लासिटेकले जनाएको छ ।
क्लासिक टेकले नेपालमै पहिलो पटक आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायक कम्पनीको तर्फबाट यो सम्झौता गरेको उल्लेख गरेको छ । सो सम्झौतामा नेशनल अस्पतालका तर्फबाट अस्पताल प्रबन्धक कमल प्रसाद गजुरेल तथा क्लासिक टेकका कलंकी ब्रान्च म्यानेजर अमृत राज बैद्यले हस्ताक्षर गरेका छन् ।
अस्पतालका प्रशासकिय अधिकृत किशोर सुवेदीकाअनुसार सम्झौतासँगै क्लासिक टेकका ग्राहकहरु तथा कर्मचारीहरु सबैले अन्य विभिन्न सेवाहरु समेत प्राप्त गर्नसक्ने बताइएको छ । 'सो सेवा लिनका लागि कम्पनीका कर्मचारीहरुले क्लासिक टेकको आफ्नो परिचय पत्र देखाउनुपर्नेछ भने ग्राहकहरुको हकमा मोबाइल एप वा बिल भुक्तानी भएको प्रमाण पेश गर्नुपर्छ,' क्लासिटेकले भनेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया