आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुल्‍यो

काठमाडौँ- सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन खुलाएको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  सूचना प्रकाशन भएको १५ दिन भित्रमा प्रशासन महाशाखामा सम्पर्क गर्न अनुरोध गरेको हो ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३८ बमोजिम वैदेशिक रोजगार बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा सोही ऐनको दफा ४१ को उपदफा (१) बमोजिम खुला प्रतिष्पर्धा गर्नुपर्ने इच्छुक योग्य उम्मेदवारलाई दरखास्त आव्हान गरेको हो ।