दुई वर्षपछि चीन जाँदै २८१ नेपाली विद्यार्थी

काठमाडौँ- सरकारले नेपाली विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । कोभिड-१९ अवधिमा नेपाल फर्किएका र लकडाउनका कारण जान नपाएका विद्यार्थी जान पाउने भएका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ विद्यार्थीलाई चीन पठाउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयले सन् २०२० मा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई अध्ययनमा निरन्तरताका लागि भिसा प्राप्तिका लागि निवेदन दिन भनेको हो ।
करिब तीन वर्षपछि कोभिडका कारणले रोकिएका विद्यार्थी जान पाउने भएका हुन् । दुई वर्षदेखि बन्द रहेको शुक्रबार हिमालयन एयरलायन्स चीनको कुन्मिङका लागि उडेको छ ।
सरकारले चीनको वुहानमा कोभिड सुरु भएपछि पहिलो चरणमा १ सय ७५ नेपालीहरूलाई उद्दार गरेर ल्याइएको थियो । उनीहरूलाई भक्तपुरमा क्वारेन्टाइन बनाएर राखिएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया