लोक सेवा र लाइसेन्सको जाँच दिने दुई नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा - हेटौंडाबाट लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षा र मोटरसाइकल चालक सवारी पत्रको नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो । बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ ।
त्यसैगरी यातायात व्यवस्था कार्यालय हेटौडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा बुवाको परीक्षा दिइरहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको स्थानमा परीक्षा दिइरहेका उनकै २० वर्षीय छोरा सन्तोषलाई प्रहरीले पक्रेको हो ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया