आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

सप्तरीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

फाइल फोटो

सप्तरी - सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ।

उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा तीन सय मिटर पूर्व दक्षिणस्थित सोही त्रियुगा खोलामा खत्री मृत फेला परेका हुन् ।

मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान कार्य भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी बेल्टभर लगिएको छ ।