सुदूरपश्चिमकाे नीति तथा कार्यक्रम जेठ २२ मा प्रस्तुत हुने

कैलाली - सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनको पाँचौ बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।
आगामी आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीद्धारा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारे सभामा जानकारी दिएका थिए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया