उपमेयरमा जसले हराए कार्यपालिकामा उसैले जिताए

मुगु- ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा पराजित भएका बलराम साहनी नगर कार्यपालिकाको सदस्यमा गठबन्धनबाटै निर्वाचित भएका छन् ।
हालै सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा साहनी अल्पसंख्याक तथा दलित समुहबाट कार्यपालिका सदस्यामा निर्वाचित भएका हुन् । नेकपा माओवादी र नेकपा एसबीचको गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका उनी कांग्रेसकी ऐश्वर्या मल्लसँग उनी पराजित भएका थिए । पराजित साहनीलाई कार्यपालिका सदस्यमा गठबन्धनलेनै उम्मेदवार बनाएको थियो ।
साहनीसहित नगर कार्यपालिकामा सातै जना सदस्य गठबन्धनबाटै निर्वाचित भएका छन् । कार्यपालिकामा साहनीले ४४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालकृष्ण लावडले २७ मत प्राप्त गरेका थिए ।
गठबन्धनबाट कार्यपालिकाका खुला सदस्यमा कृष्ण कुलाल, महिला समस्यामा चन्दादेवी रोकाया, राति कार्की, रमाईली बुढा, सुन्चौरा कामी, अबिसरा नेपाली, निर्वातिच भएका थिए । नेकपा माओवादी केन्द्रबाट राजबहादुर विक निर्वाचित भएका हुन् । कार्यपालिकाको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_k45Xh4LjLZ_oexcmmnn31hoivyyp74hjkqgpkvsmm3rkimlzykydwpidqivjqd2bs7wefed.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया