रुपाकोट मझुवागाढीमा गठबन्धनको प्यानललै विजयी

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् ।
१५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न नगरसभा निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन् ।
२५ सदस्यीय नगर कार्यपालिकाका लागि निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना तथा दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य चयन गर्ने क्रममा सबै गठबन्धनका उम्मेदवार विजयी भए ।
निर्वाचित महिला सदस्य मध्येबाट धनशोभा राई, गंगा विक, मीना कार्की, मनिला राई, अञ्जना केसी तथा दलित समुदायबाट रामकुमार हिङमाङ, झुलेन्द्र विक र वीरेन्द्र दर्नाल विजयी भएका छन् ।
१५ वडाका वडाध्यक्ष, प्रमुख र उपप्रमुखसहित १७ जना कार्यपालिका सदस्य निर्वाचित भइसकेको अवस्थामा थप आठ जना सदस्य चुनिएका हुन् ।
त्यसमध्ये भागबण्डामा कांग्रेस र माओवादी केन्द्रका समान तीन जना, जसपा र एकीकृत समाजवादीका समान एक जना मिलाइएको छ ।
संविधानमा निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र नगरसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगरकार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।
२५ सदस्यीय नगर कार्यपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रका छन् । त्यसबाहेक माओवादी केन्द्रका नौं जना, कांग्रेसका सात जना, एमालेका तीन जना, जसपाका तीन जना र एकीकृत समाजवादीका एक जना सदस्य बनेका छन् ।
नगरपालिकाका ७७ पदमध्ये माओवादी केन्द्र २६, एमाले २५, कांग्रेस १७, एकीकृत समाजवादी सात र जसपा दुई पदमा विजयी भए ।
दलित समुदायबाट तीन सदस्य चुनिएसँगै नगरपालिकामा कुल पद संख्या ८० पुगेको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया