जीप दुर्घटनामा चालक राईको मृत्यु

पाँचथर : पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ ।
जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम-२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ । (रासस)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया