अर्थविद्हरुले भने - सरकारले कार्यान्वयन हुनै नसक्ने गरी बजेट ल्यायो

काठमाडौँ - अर्थविद्हरुले सरकारले कार्यान्वयन हुनै नसक्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । अर्थविद्हरु प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, डा. गोविन्द नेपाल, डा. पोषराज पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोतको अभाव हुने औंल्याएका हुन् ।
बजेट कार्यान्वयनका लागि स्रोतको सुनिश्चितता नभएको र त्यसका लागि काम गर्ने तौरतरिका पनि मुलुकमा मिलि नसकेको अर्थविद् प्याकुरेलले बताए । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे बुधबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले दलहरुले आफ्नो पपुलारिटीका लागि बजेट ल्याउन सक्ने तर त्यसको पनि सीमा हुनुपर्ने बताए ।
अर्थविद् प्याकुरेलले भने, ‘यो बजेट कार्यान्वयनका लागि स्रोत सुनिश्चितता पनि छैन । काम गर्ने तौरतरिका पनि हाम्रो मिलिसकेको छैन ।’
१८ खर्ब यो बजेट कार्यान्वयनका लागि केही पनि नभएको अर्का अर्थविद् डा. गोविन्द नेपालले बताए । उनले बजेट महत्वाकांक्षी भएको उल्लेख गर्दै त्यसका लागि रकम ज्यादै न्यून भएको बताए ।
अर्थविद् नेपाल भने, ‘१८ खर्ब यो बजेट कार्यान्वयनका लागि केही पनि होईन । यो बजेटमा देखाइएका जति पनि विषयहरु छन । १८ खर्बले काम लाग्दैन । यो कार्यान्वयन हुने देखिदैन । बजेट महत्वाकांक्षी छ । रकम अत्यन्तै न्यून छ ।’
अर्थविद् डा. पोषराज पाण्डेले बजेटमा स्वदेशी बस्तुको प्रवद्र्धनको कुरा गरिए पनि त्यो के हो भन्ने नखुलेको बताए । उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने कुरा बजेटमा आएपनि त्यसको वे आउट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
पाण्डेले भने, ‘स्वदेशी बस्तु र आत्मनिर्भर अर्थतन्त्रको विषयलाई खुला नराखौं है । कुन सेक्टरमा कसरी हुन्छ ? भन्ने कुरालाई चाँही डिफाईन हुनुपर्यो । यसको वे निर्धारण गरेर ज्यादा मात्रै स्वदेशी बस्तुको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।’
अर्थविद् पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा खर्च धान्ने क्षेत्रहरुको उल्लेख नगरिएको समेत बताए ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया