कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

हुम्ला - सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मुगुबाट हुम्ला आएको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए ।
भवन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले जिल्लामा न्यायको मन्दिर निर्माण भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन् । यसले न्याय प्रवाहमा सहज हुने विश्वास व्यक्त गरिन् ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले जिल्लाको कुनै पनि निकायमा सेवा ग्राहीमैत्री काम हुनुपर्ने बताए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया