बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

नयाँ कार्यालय खोज्दै नेपाल समूह

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नयाँ कार्यालय खोल्ने तयारी गरेको छ । नेता नेपालले बुधबार युवा संघको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नयाँ कार्यालय खोजिरहेको जानकारी दिए ।

‘हामीले पनि भवनको खोजी गरेका छौं,’ नेता नेपालले भने, ‘राम्रो ठाउँ पाउनु हुन्छ भने खबर गर्नुहोस् । त्यो भन्दा (एमालेको नयाँ कार्यालय) पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ।’