सिस नेपालका तत्कालीन अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

काठमाडाैँ – नेपाल नागरिक समाज (सिस नेपाल) संस्था सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले उनीहरुविरुद्ध विशेष अदालतमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेकाे हाे ।
सुर्खेत, गढी, लेखगाउँ, कुनाथरीमा संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाइ बनाई रकम भुक्तानी लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुले भ्रष्टाचार गरेकाे अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डरीले बताए ।
उनका अनुसार राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल सुर्खेतले मिति २०७३ साल चैत्र २७ गते गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवर्द्धन गर्ने जिम्मेवारी तोकी कार्यादेश समेतको आधारमा सिस नेपालका तत्कालीन अध्यक्ष लामिछाने र सामाजिक परिचालक घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाइ तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ भ्रष्टाचार गरेकाे अनुसन्धानबाट खुलेकाे छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया