मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एसी मिलानले पायो नयाँ मालिक

काठमाडौँ – इटालियन फुटबल क्लब एसी मिलानले नयाँ मालिक पाएको छ । अमेरिकाको रेडबर्ड क्यापिटल पार्टनर्सले क्लबको ठूलो हिस्सेदारी खरिद गरेको छ । रेडबर्डले उक्त हिस्सेदारी १.२ बिलियन युरोमा खरिद गरेको रोयटर्सले जनाएको छ ।   

अमेरिकी इन्भेस्टमेन्ट कम्पनी रेडबर्डले ठूलो हिस्सेदारी खरिद गरेपछि क्लबको वर्तमान मालिक इलियट एडभाइजर्स युके लिमिटेडको लगानी रेडबर्ड भन्दा कम रहनेछ । क्लबले जनाएअनुसार यसको प्रकृया सेप्टेम्बरसम्ममा टुंगिने जनाएको छ । 

एसी मिलानले ११ वर्षमा पहिलो पटक यस सिजनको सिरि ए लिगको उपाधि जितेको थियो । 

रेडबर्डले लिभरपुल फुटबल क्लब र बोस्टन रेड सक्स बेसबलको मालिक फेनवे स्पोर्टस ग्रुपमा पिन लगानी रहेको छ ।