बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

‘इतिहासमै सबैभन्दा ठूलो काम भएको छ, सरकारलाई सलाम’

काठमाडौँ : सत्तारुढ नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारबाट इतिहासमै नभएको काम भएको दाबी गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै चौधरीले सरकारलाई सलाम गर्नुपर्ने बताएकी हुन् । 

विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याएको सन्दर्भ उठाउँदै चौधरीले सरकारबाट इतिहासकै ठूलो काम भएको बताएकी छन् । ‘सरकारले गरेका काम हामीले देख्नै छाड्यौँ । हामीले राम्रा कामको बारेमा त बोल्नै पर्‍यो नि’, उनले भनिन् ।  

उनले मेलम्चीको पानी काठमाडौँ झरेको, सुरुङ मार्ग र विद्रोही समूहलाई शान्तिप्रक्रियामा ल्याएको भन्दै राम्रा कामका बारेमा सबैले आवाज उठाउनुपर्ने बताइन् ।