मोमिनुलले छाडे टेस्ट टिमको कप्तानी

काठमाडौँ – मोमिनुल हकले बंगलादेश टेस्ट क्रिकेट टिमको कप्तान पदबाट राजिनामा दिएका छन् । मोमिनुलले पछिल्लो समयमा रन बनाउन नसकेको भन्दै राजिनामा दिएको सञ्चार माध्यमले जनाएका छन् ।
३० वर्षीय मोमिनुलले सन् २०१९ को अक्टुबरबाट टेस्ट टिमको कप्तानको रुपमा रहेपनि उनले यस वर्ष खेलेका ६ खेलमा एक अर्धशतक सहित केवल १ सय ६२ रनमात्र बनाउन सकेका छन् । श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट सिरिजमा १-० को पराजय भोग्दा मोमिनुलले केवल ११ रन बनाएका थिए ।
उनले आफूले रन बनाउन नसक्नु तथा टिमले खेल नजित्दा कप्तानी गर्न गाह्रो हुने बताए । मोमिनुलले कप्तान पदबाट राजिनामा दिनु उत्कृष्ट समय भएको समेत बताए । बंगलादेश क्रिकेट बोर्डले मोमिनुलको स्थानमा अर्को कप्तान भने अझै नियुक्त गरेको छैन ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया