हेटौंडामा लागुऔषध नियन्त्रण लिने क्रममा हवाई फायरिङ, दुई जना पक्राउ

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा गएराति लागुपदार्थ नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फइरिङ गरेको छ । लागुपदार्थ बिक्रीवितरण भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नियन्त्रणमा लिने क्रममा हवाई फायरिङ गरेको हो ।
ड्युटीमा खटिएको प्रहरीमाथि नै आक्रमण भएपछि आफूहरूले फायरिङ गर्न परेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई ह्यान्ड नकले आक्रमण गरेपछि सुरक्षाको लागि पेस्तोलले एक राउन्ड हवाई फाईरिङ गरेको प्रहरीले जनाएको छ । लागुपदार्थसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–३ बस्ने ३४ वर्षीय रवि घलान र सोहि स्थानमा बस्ने ३० वर्षीय विनोद बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट लागुऔषध वानरेक्स ३४ पिस फेलापारी बरामत गरेको छ । लागुपदार्थसहित नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

प्रतिक्रिया