श्रीलंका भ्रमणअघि अष्ट्रेलियन क्रिकेट टिमलाई झट्का

काठमाडौँ – अष्ट्रेलियन क्रिकेट टिम ६ वर्षपछि श्रीलंकाको भ्रमणमा निस्कदाँ मुख्य प्रशिक्षक एन्ड्रयू म्याकडोनाल्ड भने यात्रा गर्न असमर्थ भएका छन् । अष्ट्रेलियाको टी-ट्वान्टी टिम बुधबार श्रीलंकाको भ्रमणमा निस्किएको हो ।
तर त्यसअघि मंगलबार मुख्य प्रशिक्षक एन्ड्रयूमा कोरोना पोजेटिभ देखिएपछि उनी यात्रा गर्न असर्मथ भए । उनी अब मेलवर्नमै सात दिन आइसोलेसनमा बस्नेछन् ।
अष्ट्रेलियाले जुन ७ तारिखदेखि जुलाई १२ सम्म ३ खेलको टी-ट्वान्टी, ५ खेलको एकदिवसीय तथा २ खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ । अब एन्ड्रयूको अनुपस्थितिमा पहिलो टी-ट्वान्टी खेलमा सहायक प्रशिक्षक माइकल डी भेनुटोले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।
जस्टिन लाङगरको स्थानमा मुख्य प्रशिक्षक नियुक्त भएपछि एन्ड्रयूको यो पहिलो सिरिज हो । उनी दोस्रो खेलबाट उपस्थित हुने बताइएको छ । यस अघि उनी अन्तरिम मुख्य प्रशिक्षकको रुपमा पाकिस्तानको भ्रमण गरेका थिए ।
एकदिवसीय तथा अष्ट्रेलिया ‘ए’ टिम यसै हप्ताको अन्त्यमा श्रीलंकाको भ्रमण गर्ने तालिका रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया