बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

म्यानमारको नरसंहारविरुद्ध अनेरास्ववियू (क्रान्तिकारी)द्वारा दुतावास घेराउ

काठमाडौँ : म्यानमारमा जारी सैन्य दमन र नरसंहारका विरुद्ध नेकपा ( माओवादी केन्द्र ) निकट अनेरास्ववियू ( क्रान्तिकारी ) ले नेपालस्थित दुतावासमा घेराउसहित ज्ञापनपत्र बुझाएको छ । बुधबार भैंसेपाटीस्थित दुतावास कार्यालयमा अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले विरोध पत्र बुझाएको हो ।

विरोध पत्र बुझाउनुअघि दुतावास कार्यालय अगाडि एक घण्टा नाराबाजीसहित धर्ना दिइएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । विरोध पत्र बुझ्दै दुतावासका प्रतिनिधिले उक्त पत्र तुरुन्तै म्यानमार सरकार समक्ष पुर्‍याउने बताएको प्रतिमण्डलमा सहभागि बस्नेतले जनाए ।

लोकतन्त्र, मानव अधिकार र शान्तिका विश्वब्यापी मूल्यहरुको  खिलापमा  म्यानमारमा भइरहेको अमानवीय र क्रुर दमन अविलम्ब रोक्न ध्यानाकर्षण गरिएको उपाध्यक्ष बस्नेतले बताए ।