सुर्तीजन्य पदार्थका कारण बार्षिक २७ हजार बढीको मृत्यु

हेटौंडा - नेपालमा सुर्तीजन्य पदार्थका बार्षिक २७ हजार भन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको जानकारी दिइएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
सुर्तीजन्य पदार्थका कारण विश्वमा बार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै डा. शम्भु काफ्लेले सन् २०३० सम्ममा ६ मध्ये एकजनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारण हुनसक्ने जानकारी गराएका हुन् । मानिसलाई लाग्ने मुटुरोगको २८ प्रतिशत कारण धुम्रपान नै भएको उनले बताए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मनले चाहेमा धुम्रपानको लत छोड्न सकिने बताए ।
पछिल्लो समय धेरै युवाहरुमा धुम्रपानमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक राजेन्द्रकुमार झाले सुर्तीजन्य पदार्थको कारण धेरैले अकालमै ज्यान गुमाइरहेको भन्दै सर्वसाधारणमा सचेतना फैलाउनु आवश्यक रहेको बताए ।
विश्व धुम्रपानरहित दिवसको अवसरमा मंगलबार बिहान स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा बुद्धचोकबाट प्रभातफेरी कार्यक्रमसहित जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया