बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

जंगली जनावरको आक्रमणबाट मृत्यु

फाइल फोटो

चितवन - भरतपुर महानगरपालिका–११ मा जंगली जनावरको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले आक्रमण गरेको थियो । जंगली जनावरको आक्रमणबाट उनको  घटनास्थलमा नै मृत्यु भएको हो । 

बिहान ११ः३० बजे सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले साँझ ५ः३० बजे आक्रमण गरेको थियो । कुन जनावरले आक्रमण गरेको भन्ने कुरा पुष्टि हुन नसकेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । रासस