नेपाल बङ्गलादेश बैंकद्वारा एनबी अनलाइन कार्ड सुरु

काठमाडौं : नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ ।
यस सुविधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् ।
उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थी बर्गका लागि बिदेशबाट मगाइने आइ-२० को लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ । साथै सामाजिक संजालमार्फत आफनो ब्यबसाय प्रर्वद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया