अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नुपर्ने
काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ ।
जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै विमानले यस्तो निर्णय गरेको हो । यसअघि मौसमसम्बन्धी विमानस्थलबाट लिनुपर्ने कानुनी बाध्यता थिएन ।
नेपाल नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० मा यो अधिकार प्रमुख चालकलाई हुने प्रावधान थियो । तर अब भने चालकमाथिको अधिकार विमानस्थल प्रमुख र त्यहाँका टावरहरुलाई दिने निर्णय भएको प्राधिकरणमा प्रवक्ता चन्द्रलाल कर्णले बताए ।
उनले भीएफआर उडानको सन्दर्भमा यसअघि प्रस्थान विमानस्थल र गन्तव्य विमानस्थलहरुको मौसमको आधारमा उडानको अनुमति दिने गरिएको भएपनि अब प्रस्थान र गन्तव्यसम्मको एयररुटको मौसम सफा भएमा मात्र उडान भर्न सकिने व्यवस्था गरिएको बताए ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले आइकाओको डकुमेण्ट र नेपालबाट प्रतिवादित काुूनहरुले भीएफआर फ्लाइट क्लाउडमा पस्नुहुँदैन भनेको तर पछिल्ला केही घटनाहरुलाई नियाल्दा विमानहरु क्लाउडमा बादलभित्र पसेको पाएकाले भीएफआर जहाजहरु बादलभित्र नपसुन् भन्ने हेतुले यो अधिकार विमानस्थललाई दिएको स्पष्ट पारे ।
प्रवक्ता कर्णले नेपालका थुप्रै विमानस्थलहरुमा जल तथा मौसम विज्ञान विभागका युनिटहरु कार्यरत रहेको र उनीहरुकै सुझावका आधारमा उडान भर्ने गरेको पनि स्पष्ट पारे ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया