नेपालको आर्थिक वृद्धिदर २.७% रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौँः विश्व बैंकले कोभिड–१९ महामारीपछि दक्षिण एसियाको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको तर त्यसको जग कमजोर रहेको उल्लेख गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
सन् २०२०–२१ (चालु आर्थिक वर्ष २०७७–७८) मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । महामारीका कारण सन् २०२० मा आर्थिक वृद्धिदर ऐतिहासिक कमजोर भएको थियो । सन् २०२० को अर्थतन्त्रको तस्बिर त्यति राम्रो भएन अनौपचारिक क्षेत्रमा दशौं लाख कामदारले रोजगारी गुमाए भने तिनीहरू अझै रोजगारीमा फर्किनका लागि संघर्षरत छन् ।
आय असमानता अझै बढेको र मानव पुँजीमा पनि क्षति पुगेको विश्व बैंकले प्रकाशन गरेको साउथ एसिया फोकसमा उल्लेख छ । दक्षिण एसियामा विद्युत् खपत वृद्धिले यहाँ आर्थिक वृद्धिदर पुनरुत्थान हुँदै गरेको संकेत गरेको छ । भारतले दक्षिण एसियाली अर्थतन्त्रको ठूलो हिस्सा ओगट्छ भने दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१–२२ मा १० प्रतिशतले बढ्ने अनुमान छ ।
स्थिर बजार मूल्यमा वास्तविक आर्थिक वृध्दिदर, २०१९ तथा प्रक्षेपण
|
|
|||||||
|
वास्तविक जीडीपी प्रक्षेपण |
जनवरी २०२१ को संशोधित प्रक्षेपण |
अक्टोबर २०२० को संशोधित प्रक्षेपण |
|||||
क्यालेण्डर वर्षका आधारमा |
सन् २०१९ |
सन् २०२० |
सन् २०२१ (प्रक्षेपण) |
सन् २०२२ (प्रक्षेपण) |
सन् २०२१ (प्रक्षेपण) |
सन् २०२२ (प्रक्षेपण) |
सन् २०२१ (प्रक्षेपण) |
|
दक्षिण एसिया |
जनवरी–डिसेम्बर |
४.३ |
-५.४ |
७.२ |
४.४ |
३.९ |
०.६ |
२.७ |
अफगानिस्तान |
डिसेम्बर-डिसेम्बर |
३.९ |
-१.९ |
१.० |
२.६ |
-१.५ |
-०.७ |
-१.५ |
मालदिभ्स |
जनवरी–डिसेम्बर |
७.० |
-२८.० |
१७.१ |
११.५ |
७.६ |
०.० |
७.६ |
श्रीलंका |
जनवरी–डिसेम्बर |
२.३ |
-३.६ |
३.४ |
२.० |
०.१ |
०.० |
०.१ |
आर्थिक वर्षको आधारमा |
२०१९–२० |
२०२०–२१ (प्र) |
२०२१–२२ (प्र) |
२०२२–२३ (प्र) |
२०२०–२१ (प्र) |
२०२१–२२ (प्र) |
२०२१–२२ (प्र) |
|
बंगलादेश |
जुलाइ–जुन |
२.४ |
३.६ |
५.१ |
६.२ |
२.० |
१.७ |
१.७ |
भुटान |
जुलाइ–जुन |
-०.८ |
-१.८ |
२.९ |
४.५ |
-१.१
|
०.६ |
०.९ |
नेपाल |
मध्यजुलाइ-मध्यजुलाइ |
–१.९ |
२.७ |
३.९ |
५.१ |
२.१ |
१.४ |
१.४ |
पाकिस्तान |
जुलाइ–जुन |
–१.५ |
१.३ |
२.० |
३.४ |
०.८ |
०.० |
०.० |
|
२०२०–२१ (प्र) |
२०२१–२२ (प्र) |
२०२२–२३ (प्र) |
२०२३–२४ (प्र) |
२०२१–२२ (प्र) |
२०२१–२२ (प्र) |
२०२१–२२ (प्र) |
|
भारत |
अप्रिल–मार्च |
–८.५ |
१०.१ |
५.८ |
६.५ |
१.१ |
४.७ |
४.७ |

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

प्रतिक्रिया