बेन्जेमा च्याम्पियन्स लिग ‘प्लेयर अफ द सिजन’ घोषित

काठमाडौँ - स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमा च्याम्पियन्स लिग ‘प्लेयर अफ द सिजन’ घोषित भएका छन् । बीबीसीले जनाए अनुसार ३४ वर्षीय बेन्जेमाले रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
रियलले फाइनलमा लिभरपुललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । बेन्जेमाका लागि यो पाँचौ च्याम्पियन्स लिगको उपाधि हो । यस सिजनको च्याम्पियन्स लिगको १२ खेलमा १५ गोल गरेका थिए । र उनी यस वर्षको बालोन डी’ओरका दावेदार समेत बनेका छन् ।
फाइनलमा एकमात्र निर्णायक गोल गरेका रियलकै भिनिसियस जुनियर युवा खेलाडी घोषित भएका छन् । २१ वर्षीय भिनिसियसले ४ गोल गरेका थिए । दुबै जना यस सिजनको च्याम्पियन्स लिग टिममा पनि परेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया